जबरजस्ती करणी आरोपमा दुई पक्राउ

जबरजस्ती करणी आरोपमा दुई पक्राउ

दैलेख : दैलेखमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १२ बर्षीय र १३ बर्षीय बालक पक्राउ परेका हुन् । ७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बुधवार उनिहरुलाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

बालिकाको आमाले दिएको जाहेरी दरखास्तका आधारमा दुई जना बालकलाई नियन्त्रणमा लिईएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका दुई जनालाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय दैलेखको बाल निगरानी कक्षमा राखेर अनुसन्धान थालेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया