मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

दैलेख : मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधवार दिउँस १ बजे जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडा बजार स्थित सुर्खेत देखि अछाम तर्फ जादै गरेको भे १ ख ३४३८ नं. को मिनि ट्रकले पैदल यात्री आठबिस नगरपालिका–२ का कबि खनालको छोरा ९ बर्षीय यगेन्द्र खनाललाई ठक्कर दिएको हो ।

मिनी ट्रकको ठक्करबाट खनालको घटना स्थलमै मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक आठबिस नगरपालिका–३ का २६ बर्षीय साजन शाही र मिनि ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया