सामाजिक कार्यका लागि ग्रामिण सेवा समाजको ‘सोसियल आमी’

सामाजिक कार्यका लागि ग्रामिण सेवा समाजको ‘सोसियल आमी’

नारायण नगरपालिकामा शाखा विस्तार

दैलेख : ग्रामिण सेवा समाजले आफ्नो शाखा नारायण नगरपालिकामा विस्तार गरेको छ । आइतवार समाजका अध्यक्ष जीवनकुमार शाहीको अध्यक्षतामा भएको भेलाले नारायण नगरपालिकामा शाखा गठन गरेको हो । लोकेन्द्र अधिकारीको अध्यक्षतामा नारायण नगरपालिकाको कार्यसमिति गठन गरिएको अध्यक्ष शाहीले बताए ।

नारायण नगरपालिकाको शाखा उपाध्यक्षमा सागरकुमार थापा, प्रवेश मल्ल र श्रीधर खड्का छन् । यस्तै सचिवमा अशोककुमार शाही, सह–सचिवमा प्रतिमा खड्का र भुवन आचार्य, कोषाध्यक्षमा कल्पना हमाल छन् । सदस्यहरुमा अस्मित थापा, प्रविन तारामी मगर, जेनीस खड्का, छितिज शाही, चेतन भण्डारी, नगेन्द्र भण्डारी, सरोज केसी, प्रेम बुढा, गोविन्द भण्डारी, करिना जिसी, तारा रानामगर, हिग्मत शाही, रविन्सन सिजापती, अस्मित सिजापती छन् ।

नवगठित कार्यसमितिको नयाँ अभियान (सोसियल आर्मी) गठन भई सामाजिक क्रियाकलाप तथा जनचेतना र स्ंयवमसेवक परिचालन गरिने ग्रामिण सेवा समाजका अध्यक्ष जीवनकुमार शाहीले बताए । समाजको मुल उदेश्य मानविय क्रियाकलापद्वारा वातावरणमा पर्ने असर न्यूनीकरण, समाजिक जनचेतना, प्लास्टिक प्रयोगको न्यूनीकरण तथा सरसफाई लगाएतका समाजिक कार्यमा सक्रिय रहने रहेको अध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया