सोसेक नेपालको कार्यसमितिको जिम्मेवारी बाँडफाँड

सोसेक नेपालको कार्यसमितिको जिम्मेवारी बाँडफाँड

कार्यसमितिको जिम्मेवारी बाँडफाँडपछि सामुहिक तस्विर खिचाउँदै पदाधिकारी र सदस्यहरु ।

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कार्य समितिको जिम्मेवारी बाँडफाँड गरेको छ । शुक्रवार बसेको संस्थाको केन्द्रिय कार्य समितिको बैठकले कार्य समितिको जिम्मेवारी बाँडफाँड गरिएको हो । संस्थाको २४ औँ साधारण सभा बार्षीक उत्सब तथा ९ औँ अधिवेशनले अध्यक्ष र ८ जना सदस्य सर्बसम्मत चयन गरेको थियो । अधिधवेशनले सोसेकको अध्यक्षमा संस्थापक अध्यक्ष हीरासिंह थापालाई चयन गरेको थियो ।

जिम्मेवारी बाँडफाँडपछि कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउँदै सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा

संस्थाको विधान अनुसार एक जना अध्यक्ष र ८ जना सदस्यको निर्वाचन हुने र पहिलो बैठकले जिम्मेवारी बाँडफाँड गर्ने उल्लेख छ । पहिलो बैठकले निर्णय अनुसार सोसेकको निवर्तमान अध्यक्षमा टिकादेवी जैसी हुनुहुन्छ । बैठकले उपाध्यक्षमा मञ्जु खड्का, महासचिवमा महेन्द्र कुमार कार्की, कोषाध्यक्षमा कमला चन्द र सचिवमा मनसरा थापामगरलाई जिम्मेवारी तोकेको संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा सुजन न्यौपाने, कमला बादी (नेपाली) हस्तराज अधिकारी र कमला शर्मालाई कार्य समिति सदस्यको जिम्मेवारी तोकेको छ । कार्य समितिको जिम्मेवारी बाँडफाँडसँगै पदाधिकारीहरुको सपथग्रहण पनि शुक्रवार नै सम्पन्न भएको छ ।

बैठकले अनुगमन समिति, स्रोत परिचालन समिति, आकस्मिक उद्धार समिति, गुनासो सुनुवाई संयन्त्र, जिन्सी निरिक्षण उपसमिति, सचिवालय समिति, पदपुर्ती समिति, जोखिम व्यवस्थापन कार्यदल, खरिद समिति, बाल संरक्षण समिति, आन्तरिक लेखा परिक्षण उपसमिति र सल्लाहकार समिति गठन गरेको उपकार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । बैठकले संस्थाको २४ औँ साधारण सभा बार्षीक उत्सब तथा ९ औँ अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण आजिवन सदस्य तथा साधारण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने निणर्य समेत गरेको छ ।

सोसेक नेपालले महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको छ । संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया