हाइस दुर्घटनामा चार घाइते

हाइस दुर्घटनामा चार घाइते

दैलेख : दैलेखमा हाइस (फोर्स) दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । नारायण नगरपालिका–६ काँडाचौरबाट मध्यपहाडी राजमार्ग हुँदै दैलेख सदरमुकाम स्थितअस्थायी बसपार्कतर्फ (जिल्ला प्रहरी कार्यालय पछाडी) आउँदै गरेको फोर्स हाइस दुर्घटनामा परेको हो ।

कर्णाली प्रदेश ०२००१ ख ०११९ नम्बरको हाइस दुर्घटना हुँदा यात्रुहरु नारायण नगरपालिका–२ जाहरकोटका २५ बर्षीय नारायण थापा, २७ बर्षीया विष्णु सोनी घाइते भएका छन् । दुर्घटनामा परी चालक वीरेन्द्रनगर नगरपालिका–१० का ४१ बर्षीय पूर्णबहादुर बस्नेत र सहचालक २१ बर्षीय टिकाराम जोसी घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।

घाइतेहरुको दैलेख अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुनारले बताए । हाइसमा दुई यात्रु तथा चालक र सहचालक मात्रै सवार थिए ।

 

प्रतिक्रिया