राउटेले मनाए संविधान दिवस

राउटेले मनाए संविधान दिवस

दैलेख : लाेपाेन्मुख राउटे समुदायकाे बस्तिमा संविधान दिवस-२०७८ मनाईएकाे छ । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका -१ मा बसाेबास गरिरहेका राउटे समुदायकाे बस्तिमा संविधान दिवस मनाईएकाे हाे । एईआईएन लक्जेम्वर्गकाे सहयाेगमा सामाजिक सेवा केन्द्र (साेसेक) नेपालद्वारा सञ्चालित राउटे परियाेजनाकाे अगुवाईमा दिवस मनाईएकाे हाे ।

विगतका बर्षहरूमा समेत संविधान दिवस मनाएका राउटे समुदायका नागरिकहरूले यस बर्ष पनि संविधान दिवस मनाएका हुन् ।
कर्णाली प्रदेशकाे दैलेख, सुर्खेत, सल्यान लगाएतका विभिन्न जिल्ला फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायका नागरिकहरूलाई संविधान दिवस २०७८ काे अबसर पारेर परियाेजनाले चक्लेट, चाउचाउ र साबुन बितरण गरिएकाे परियाेजना मार्फत राउटे बस्तिमा खटिएका जाेडी शिक्षक लालबहादुर खत्रीले बताए ।

प्रतिक्रिया