गुराँस गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

गुराँस गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दैलेख : जिल्लाको गुराँस गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा-दोस्रो परियोजनाले सामग्री सहयोग गरेकाे हो ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्रीहरु सहयोग गरिएको हो । मंगलवार सेभ द चिल्ड्रेनका टिका विक, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम निर्देशक नवराज बिसीको उपस्थितीमा गाउँपालिकाका नायब सुब्बा कर्णबहादुर थापालाई सामग्री हस्तान्तरण गरिएको छ । तीन सय किट पीपिई सेट, १ सय ५० जोडी सर्जिकल ग्लोब्स र एक हजार थान मास्क सहयोग गरिएको बताईएको छ ।

प्रतिक्रिया