अरिङगालले टोक्दा एकको मृत्यु

अरिङगालले टोक्दा एकको मृत्यु

दैलेख : दैलेखमा अरिङगालको टोकाइबाट एक पुरुषको मृत्यु भएको छ । दैलेखको बिकट गाउँ तोलिजैसीमा अरिङ्गालको टोकाईबाट शनिवार एक जनाको मुत्यु भएको हो । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।

शुक्रवार दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याई आइसीयुमा राखेर उपचार थालिएको बेला शनिवार मृत्यू भएको डिएसपी श्रेष्ठले जानकारी दिए । मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको भ्रातृ संगठन ‘नेपाल किसान संघ (क्रान्तिकारी)’का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य जिम्मेवारीमा थिए ।

प्रतिक्रिया