बस दुर्घटनामा एकको मृत्यु, नौ घाइते

बस दुर्घटनामा एकको मृत्यु, नौ घाइते


दैलेख : सुर्खेतबाट जुम्ला तर्फ जादै गरेको ना ६ ख ९२२ नम्वरको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका वडा नं। १ मा पर्ने दरबारे भीर नजिक दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
आकस्मिक रुपमा बे्रक फेल भएर सडकको भित्तामा ठोक्किंदा गए राति करिव ९ बजेतिर अछाम पञ्चदेवल विनायक नगरपालिका–९ का बर्ष ७४ वर्षीय भक्तबहादुर शाही घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।घटना लगतै घटनास्थल पुगेको तल्लोडुंगेश्वर प्रहरी चौकीको टोलीले दुर्घटनामा घाइते ९ जनालाई राति नै स्थानीय मेडिकलमा उपचार गराएको इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक नेत्र बुढाले बताए ।
चालक फरार भएकोले यात्रुहरुलाई स्थानीयले राति आश्रय दिएका थिए । यात्रुहरुले अलपत्र पारिएको भन्दै प्रदर्शन गरेका छन्, यात्रुहरुलाई वैकल्पिक सवारी साधनको प्रवन्ध गरी गन्तव्यसम्म पु¥याउन पहल भइरहेको जिल्ला प्रहरी दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया