विश्व मानसिक स्वास्थ्य दिवस

विश्व मानसिक स्वास्थ्य दिवस

सीएमसी र टीपीओ नामका गैरसरकारी संस्थाहरुको आह्वानमा नारायण नगरपालिका–५ भैसेखोरमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । यो वर्ष अर्थात विश्व मानसिक स्वास्थ्य दिवस २०२१ को नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ नारा तय गरेको छ ।

नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का, नारायण नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर बस्नेत, स्वास्थ्य शाखाका सिअहेव लालबहादुर खड्का, मनोविमर्शकर्ताहरु सीता चौधरी र रेखा श्रेष्ठले मानसिक स्वास्थ्य सचेतनाको जरुरी विषयमा प्रकाश पारेका थिए ।

मानसिक स्वास्थ्यको यिनै मुद्दा अनि परिवेशले ल्याएको चुनौतिलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो । दैलेखमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गरिरहेका सीएमसी र टीपीओले दिवस मनाउन समन्वय गरेका हुन् ।

विभिन्न घटनाक्रमले भावनात्मक अनि संवेदनात्मक समस्या परेका ब्यक्तिहरूलाई मानसिक प्राथमिक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारणले निराशा र मानसिक असन्तुलनसम्मको मानसिक स्वास्थ्य समस्या पैदा हुने गरेको छ ।

 

प्रतिक्रिया