सल्यानमा जीप दुर्घटना: एकको मृत्यु, ७ जना घाइते

सल्यानमा जीप दुर्घटना: एकको मृत्यु, ७ जना घाइते

दाङ : सल्यानमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी बागचौर नगरपालिका १ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

थारमारेबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको जीप आइतबार कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये बबिता रावललाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप तिव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया