राप्ती नदीको पुलबाट हाम फालेर आत्महत्या

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक ९, २०७८     ::: 83 पटक पढिएको   |  

नेपालगन्ज : बाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् ।

प्रहरी प्रवक्ता न्यौपानेले श्रीमान् र श्रीमतीका बीचमा झगडा भएपछि दिपाले सोमबार राति दुई बजे राप्ती नदीको सिधनियाघाट पुलबाट हाम्फालेको बताए । शव बिहान भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।



Leave a comment

Your email address will not be published.


*