गुराँसका २० विद्यालयमा विपद् जोखिम नक्सांकन

गुराँसका २० विद्यालयमा विपद् जोखिम नक्सांकन

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयमा विपद् जोखिम नक्सांकन गरिएको छ । विपद् तथा प्रकोपबाट बच्न बालबालिका, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई सचेतना जगाउने उदेश्यले विपद् जोखिम नक्सांकन गरिएको हो ।

त्यसअघि विद्यालयका बालबालिका, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको सहभागितामा कार्यशाला भएको थियो । कार्यशालामा विद्यालयमा के–के जोखिमहरु छन् भन्नेबारे पहिचान गरिएको थियो । विद्यालय क्षेत्र वरपरको नक्सांकन गरी विद्यालय क्षेत्रमा कुन ठाउँ सुरक्षित कुन ठाउँ असुरक्षित छ भन्नेबारे पहिचान समेत भएको थियो ।

त्यसकै आधारमा अन्तिम नक्सा तयार गरेर विद्यालयको हाताभित्र सबैले देख्ने गरी विद्यालयमा विपद् जोखिम नक्सांकनलाई भित्ते चित्रमा (वाल पेन्टिङ) उतारिएको छ । साथै मौषमी प्रकोप पात्रो समेत बनाईएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले विद्यालयमा विपद् जोखिम नक्सांकन गरेको हो ।

परियोजनाका शिक्षा संयोजक उपेन्द्र रावलका अनुसार जयजनता मावी जोरेबाझ, नेरा मावी बगौरा, शान्ति मावी लालिकाडा, लक्ष्मी आधारभुत विद्यालय झुज, मालिका मावी मुकुटकमा विपद् जोखिम नक्सांकन गरिएको छ । यस्तै जनसहयोग प्रा.बि. खनारा, भगवति माबि सेप्टि, सारदा आधारभुत विद्यालय खड्कावाडा, भगवती आधारभुत विद्याल सेरिवाडा, दुर्गादेवी आधारभुत विद्याल पुरैनिमा समेत विपद् जोखिम नक्सांकन गरिएको छ ।

यसैगरी जनता प्रावि खुम, सरस्वति माबि पातिकाल्ना, नेपाल राष्ट्रिय आधारभुत विद्यालय घोडाबास, नेरा लक्ष्मि प्राबि गाईबान्ना, लक्ष्मि माबि रतिखोला, बालकल्याण आधारभुत विद्यालय चिसापानि, भगवति आधारभुत विद्यालय काफलमेला, कृष्ण माबि सानाकाडा, पार्वति माबि गोगनपानि र दुर्गा देवि प्रावि स्याला भैरीमा विपद् जोखिम नक्सांकन गरिएको शिक्षा संयोजक रावलले बताए ।

तस्विरहरु :

प्रतिक्रिया