मानव अधिकारकर्मीका लागि क्षमता विकास तालिम सुरु

मानव अधिकारकर्मीका लागि क्षमता विकास तालिम सुरु

दैलेख : लुथरन वर्ल्ड फेडेरेसनको सहयोगमा समुदायमा आधारित संस्था महासंघको आयोजनामा दैलेखको नारायण नगरपालिका-११ बिन्ध्यवासिनीमा मानव अधिकारकर्मीका लागि २ दिने क्षमता विकास तालिम आजदेखि सुरु भयो ।

समुदायमा आधारित संस्था महासंघले सञ्चालन गरेको पावर परियोजना अन्तरगत गठित महिला सञ्जाल, सहकारी संस्था, अपाङ्गता सञ्जाल लगायत समूहमा आवद्ध अगुवा सदस्यहरुलाई मानवअधिकार सवालमा अभिमुखीकरण गरिनेछ ।

क्षमता विकास तालिममा परियोजनाका सवाल समूहका २ पुरुष सहित १३ जना मानवअधिकारकर्मीको सहभागिता छ । तालिममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र पावर परियोजनाका कार्यक्रम संयोजक टंक सुनारले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया