मेरा सरकारहरु

मेरा सरकारहरु

-तर्कबहादुर शाही

पहिला एउटै परिवारको सरकार थियोे
सिङ्गो देशमा
अहिले टोल टोलमा सरकार बने
परदेशमा सरकार बने
कता राख्ने हो सरकारहरुलाई
राउटेको मैन बहादुर एैन बहादुर जस्तै
कतै ओडारमा सुताउनु पर्ला
सरकारहरुलाई ।
म त्यही सोचिरहेको छु
नत्र
उहिले एउटै सरकार पनि चाहिदैन
भन्ने म
अब कसरी पाल्नु अलमलमा छु
यतिका सरकारहरुको बोझ
मैले उठाउनु छ ।
कि त अब बन्ने सरकारहरु
सरकार न भै दिए हुन्थ्यो
कि त म रैती न बने हुन्थ्यो
कि यो मेरो देश कसैले ठेक्कामा लिए हुन्थ्यो
नत्र
म त निस्सासिने भएँ
थिच्चिने भएँ
किच्चिने भएँ

प्रतिक्रिया