बन्ने भयो चलचित्र ‘घुँइचो’, एलिजा गौतम बन्ने भइन् नायिका

बन्ने भयो चलचित्र ‘घुँइचो’, एलिजा गौतम बन्ने भइन् नायिका

काठमाडौं : नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो फिल्म साइन गरेकी छिन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ फिल्म साइन गरेकी हुन् । एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुँइचो’मा काम गर्ने पक्का भएको छ ।

निर्माता दैलेखी र नायिका गौतमले संझौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले फिल्म साइन गरेपछि खुशी हुँदै भनिन्- ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ । घुँइचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’ निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाडै फाइनल गर्ने जानकारी दिए ।

यो फिल्मको बिषयमा दैलेखीले भने -‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’

फिल्म ‘अनुराग’मा काम गरेकी एलिजाले केही महिना अगाडि चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् । तर, विविध कारणले उनले यो फिल्म छाडेकी थिइन् ।

प्रतिक्रिया