बालविवाह गर्ने एक जोडी पक्राउ

बालविवाह गर्ने एक जोडी पक्राउ

बाल विवाह गरेको आरोपमा पक्राउ परेका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का भक्तिराम कडेल ।

दैलेख : दैलेखमा बाल विवाह गर्ने दुई जना पक्राउ परेका छन् । बाल विवाह सम्बन्धी कसुरमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भवनेश्वर प्रसाद शाहले बताए ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का भक्तिराम कडेलले र १५ बर्षीया बालिका पक्राउ परेको डीएसपी शाहले बताए । कडेलले ती बालिकालाई मंसिर ३ गते ललाई फकाई प्रलोभनमा पारी बाल विवाह गरी घरमा ल्याई राखेको अवस्थामा पक्राउ गरिएको डीएसपी शाहले जानकारी      दिए ।

डीएसपी शाहका अनुसार पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती गरी थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया