बाल विवाह गर्ने जोडी पक्राउ

बाल विवाह गर्ने जोडी पक्राउ

दैलेख : दैलेखमा बाल विवाह गर्ने एक जोडी पक्राउ परेको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–५ का बिक्रम नेपालीले ललाई फकाई प्रलोभनमा पारी बाल विवाह गरी घरमा राखेको उजुरीका आधारमा बाल विवाह गर्ने जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी डुङ्गेश्वरबाट खटि गएको प्रहरी टोलीले दुवै जनालाई घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया