भीरबाट लडेर महिलाको मृत्यु

          |   प्रकाशित मितिः सोमवार, मंसिर १३, २०७८     ::: 250 पटक पढिएको   |  

दैलेख : दैलेखमा भीरबाट लडेर ६३ वर्षीया महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका–४की मैसरा कटुवाल रहेको दैलेख प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार बाख्रा चराउन गएका वेला आइतबार साँझ ५ बजे भीरबाट लडेर मैसराको घटना स्थलमै मृत्यु भएको थियो। शाहले मैसराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको जानकारी दिए।



Leave a comment

Your email address will not be published.


*