लहलाउँदो तरकारी खेती (फोटोफिचर)

लहलाउँदो तरकारी खेती (फोटोफिचर)

दैलेख : जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिकाका कृषकहरुले तरकारी खेती गरिरहेका छन् । यहाँका कृषकहरुलाई तरकारी खेतीका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सहयोग गर्दै आएको छ । सोसेक नेपालले कृषकहरुलाई बीउ बिजन, पलाष्टिक टनेल, तरकारी खेती सम्बन्धी तालिम र प्राविधिक सहयोग गर्दै आएको छ । यति मात्र होइन, संस्थाले कृषकहरुले उत्पादन गरेको तरकारी बिक्रीका लागि सहजिकरण गरिरहेको छ ।

हेर्नुहोस्, डिसिए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित साकार परियोजनाको सहयोगमा आठबिस नगरपालिका–३ र ४ स्थित जाक्सीका कृषकले लगाएको काउली बन्दा लगाएतका तरकारीका तस्विरहरु । अहिले यस क्षेत्रका कृषकका बारीमा काउली बन्दा लगाएतका तरकारीहरु लहलाउँदो ।

यहाँ यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड र एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ । उक्त परियोजनाले समेत कृषकहरुलाई सघाउँदै आएको सोसेक नेपालका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले बताए ।
तस्विरहरु :

प्रतिक्रिया