धामी झाँक्रीलाई आँखा र कान रोग उपचार सम्बन्धी अभिमुखीकरण

धामी झाँक्रीलाई आँखा र कान रोग उपचार सम्बन्धी अभिमुखीकरण

दैलेख : नेपाल नेत्रज्योती संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र नारायण नगरपालिकाको समन्वयमा धामी झाँक्रीहरका लागि आँखा तथा कान रोग उपचार सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

परम्परागत अन्धबिश्वास, कुरीति र कुसँस्कारले आँखा तथा कान रोग उपचारमा पारेको प्रभाव बारे जानकारी गराउन त्यस्तो अभिमुखीकरण गरिएको नेपाल नेत्रज्योती संघ सुर्खेतका कार्यक्रम संयोजक सुस्मिता सुनारले जानकारी दिइन् ।

निको भइहाल्छ भन्ने अनुमानका भरमा अप्रमाणित काठपाते औषधि गर्ने, झारफुक गर्ने, बाटो मार्ने, डैनी फ्याक्ने जस्ता कुचलनले धेरैको आँखाको ज्याती गुमेको, कानको सुन्ने क्षमता ह्रास आएकोले त्यस्ता अन्धविश्वास हटाउन अभिमुखीकरण गरिएको सुनारको भनाई छ ।

नेपाल रेडक्रस सोसाइटीका नेत्र अधिकृत प्रकाश शाहीले आँखा तथा कानमा लाग्ने रोग र जोगिनका लागि अपनाउनुपर्ने सावधानी बारे सहजीकरण गरेका थिए । कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले रोगव्याध थलिएका वा चोटपटक लागेको बेला अस्पताल र स्वास्थ्य चौकी पठाउने चेतना धामी, झाँक्रीलाई पनि दिएकोमा नेपाल नेत्रज्योती संघलाई धन्यवाद दिइन् ।

 

प्रतिक्रिया