फूलबारी बाल क्लबको अध्यक्षमा अरुणा विक

फूलबारी बाल क्लबको अध्यक्षमा अरुणा विक

दैलेख : जिल्लाको गुराँस गाउँपालिका वडा नं. ३ खुम गाउँस्थित फूलबारी बाल क्लबको अध्यक्षमा अरुणा विक चयन भएकी छिन् । बाल क्लबको पदाधिकारी पुर्नगठन गर्दै अध्यक्षमा अरुणा विकलाई चयन गरेको हो ।

बाल क्लबको उपाध्यक्षमा पदम विक, सचिवमा सिमा सुनार, सह सचिवमा जिवन विक, कोषाध्यक्षमा एलिना विक चयन भएका छन् । यस्तै सदस्यहरुमा निर्मला विक, सुनिता विक, कमला विक, आषा विक (क), आषा विक (ख), पुजा विक, भुवन विक, राधा विक, टेक बहादुर विक र मनिषा विक चयन भएका छन् ।

२०७२ सालमा गठित बाल क्लबले बाल विवाह, छाउपडी प्रर्था, जातीय विभेद, बाल अधिकार लगाएतका सवालमा विभिन्न अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

मंगलवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्त गुराँस गाउँपालिका वडा नं. ३ मा कार्यरत बाल मैत्री स्थानीय शासन अभियानकर्ता यामबहादुर विकको सहजिकरणमा बाल विवाह न्यूनिकरण सम्बन्धी छलफल समेत गरिएको थियो ।

प्रतिक्रिया