कांग्रेसको दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

कांग्रेसको दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसको दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ।पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको बिहीबार सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा  मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन्।

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। -रासस

प्रतिक्रिया