बाल विवाह निषेधित टोल तथा समुदाय : राखियो होडिङ बोर्ड

बाल विवाह निषेधित टोल तथा समुदाय : राखियो होडिङ बोर्ड

दैलेख : बाल विवाह निषेधित वडा घोषणाका लागि जिल्लाको गुराँस गाउँपालिका–८ को विभिन्न स्थानमा होडिङ बोर्ड राखिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले होडिङ बोर्ड राखेको हो । वडाको लागि गर्चा र धरमपोखरा टोलमा होडिङ बोर्ड राखिएको परियोजनाका फिल्ड अधिकृत कमला मल्लले बताइन् ।

वडाध्यक्ष पूर्णबहादुर ओलीले बालबिबाह निषेधित वडा घोषणाको लागि महत्वपूर्ण आर्थिक सहयोग गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई धन्यवाद दिएका छन् । उनले वडाबासीलाई बाल विवाह निषेधित घोषणा गर्न सहयोग गर्न आग्रह गर्दै अटेरी गरेर बाल विवाह गर्ने र गराउनेलाई वडा कार्यालयबाट कुनै पनि सहयोग उपलब्ध नगराईने बताए ।

हेर्नुहोस्, होडिङ बोर्डमा के लेखिएको छ ?

प्रतिक्रिया