जीप दुर्घटनामा एकको मृत्यु, ८ घाइते

जीप दुर्घटनामा एकको मृत्यु, ८ घाइते


दैलेख : दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्डाबजार देखि दैलेख सदरमुकाम तर्फ आउँदै गरेको बोलेरो जीप कट्टी खोला नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार लु २ च ४८२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुनारले बताए ।

घाइतेहरुको उपचारका लागि सदरमुकामस्थित दैलेख जिल्ला अस्पतालमा पठाईएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए । जीप के कारणले दुर्घटना भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया