कविता : ‘अटल’

कविता : ‘अटल’

हे, माता मनकामना कोटी कोटी प्रणाम
दर्शन कस्तो दियौ ।
टुक्रा–टुक्रालाई जोड्ने
सबल तन बल मन धन र आट ।

चित्कारै चित्कारमा बाँचेका ।
बाईसे चौबिसेलाई आत्मसर्मपण गराउने
मन, बल र ईच्छा कसरी दियौ
भूगोल र मान्छेको माला उन्ने साहस दियौ ।

हे माता मनकामना
पृथ्वी नारायणको जन्म दिई ।
नेपाल देशको भार बोकायौ
गोर्खाको तरबारलाई देशभरी नचायौ
कहिँ नाता जोडयौ, कहिँ बोली र गोली चलायौ ।

अब, खाचो छ पृथ्वी तिम्रो
दिव्य उपदेश विस्तार गर्न ।
देशको उत्पादन बढाउन
जनता बलिया र मोटा बनाउन ।

कल कारखाना खोल्न ।
बेचिएका लुटिएका कारखाना
कान्तिपुर भादगाउँ र पाटन जोगाउन
सिमानाका सिमा स्तम्भलाई पहरा दिन ।

त्यसैले त पृथ्वी नारायण
तिम्रा सैनिकहरु आदेश र कासन पर्खिरहेका छन् ।
तिम्रा तोपहरु र बन्दुकले निशाना खोज्दै छन्
घोडचढीहरु सिक्री चुडाउन थालेका छन्
बारुद र बमहरु उडिसकेका छन् ।

बारुलो र अरिंगालहरु दुश्मन खोज्दैछन ।
बुढा बा–आमा छोराछोरी बाटो हेर्दैछन
कहिले आउलान ति एकता र अटल का स्तम्ब ।
तिम्रो अग्लो कद हेर्न भएका छन् सब जम्मा

हो आऊ
एकता लिएर आऊ, दिव्योउपदेश छर्न
घरेलु कलकारखाना खोल्न आऊ ।
सैनिकलाई तोप सिकाउन
विनासकारी पापी र दुश्मनलाई
हराउन र देशको शिर उचो पार्न आऊ ।

एकता बद्ध गर्न
चार जात छतीस वर्णको मालाको
जगेर्ना गर्न आऊ
कान्तिपुर, पाटन भादगाउ जोगाउन आऊ
नाक काटिएका, गोडा भाचिएका शहीदलाई सलाम गर्न ।
बा–आमा माता मनाकामाको आशिस लिन ।

नेपाल देशको विकास हेर्न आऊ
नेपाल देशको भ्रस्टाचार हेर्न आऊ
तिमीले बनाएको एकता को देश
जनताको खुशी हेर्न आऊ ।

त्यो रितो तर भव्य गोर्खा दरबार
खोज्दै छ, एक युगान्तकारी राजाको घरबार
अटल अबल सुजबुझ मा देश हाक्ने नायक खोज्दै छ ।
चार जात छतीस वर्णको माला कसिलो बनाउदै लिने
फाटेको मन, सिउने तन र मन चाहिएको छ ।
तिमि अटल छौ महाराजाधिराज आऊ
हामि तिम्रो पर्खाईमा छौ ।
दियो बाली, फुलको माला बुनेर राख्ने छौ ।
आऊ, अटल छौँ अम्मर छौँ तिम्रो जय जयकार

महेन्द्र कुमार कार्की
सैनिक आवासीय महाविधालय
मंगलगढी, सुर्खेत

प्रतिक्रिया