काँग्रेस दैलेखका पूर्व उपसभापति शाहीको निधन

काँग्रेस दैलेखका पूर्व उपसभापति शाहीको निधन

दैलेख : नेपाली कांग्रेसका पुराना नेता कर्णबहादुर शाहीको निधन भएको छ । २००५ जेठ १५ गते जन्मिएका शाहीको बिहीवार विहान ७३ बर्षको उमेरमा निधन भएको हो । शाही नेपाली काँग्रेस दैलेखका पूर्व उपसभापति हुन् । उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधि समेत हुन् ।

जिल्लाको महाबु गाउँपालिका–३ बासीमा जन्मिएका शाही २०४६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए । शाहीको निधनले नेपाली काँग्रेस दैलेखले पार्टीको सच्चा र कर्तव्यनिष्ठ सिपाही गुमाएको जनाएको छ । जिल्ला सभापति मणिराम रेग्मीद्धारा जारी शोक विज्ञप्तीमा शाहीको निधनले नेपाली काँग्रेस दैलेखले अपुरणिय क्षती बेहोर्नु परेको उल्लेख छ ।

शोक विज्ञप्तीमा नेपाली काँग्रेस दैलेखका सम्पूर्ण तहका कार्यक्रमहरु ३ दिनसम्म बन्द रहने र पार्टीको झण्डा आधा झुकाउने साथै १२ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रमहरु नगरिने समेत उल्लेख छ ।

 

प्रतिक्रिया