योजना समितिलाई योजना व्यवस्थापन र सुशासन तालिम

योजना समितिलाई योजना व्यवस्थापन र सुशासन तालिम

दैलेख : जिल्लाको महाबु गाउँपालिका–५ मा सञ्चालित सल्लिडाडा भैसिखोर र झिगटी पहरा भेडिखोर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीलाई तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपाल र महाबु गाउँपालिकाको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमद्वारा समितिलाई योजनाको व्यवस्थापन प्रथम तथा सुशासन तालिम प्रदान गरिएको हो । यसैबिच सोहि समितिका अध्यक्ष, सचिब र कोषाध्यक्षलाई लेखा ब्यबस्थापन तालिम समेत प्रदान गरिएको छ ।

 

प्रतिक्रिया