बालबालिकाको सक्रियतामा घर–घरमा फोहोर फाल्ने खाडल

बालबालिकाको सक्रियतामा घर–घरमा फोहोर फाल्ने खाडल

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका बालबालिकाको सक्रियतामा घरैपिच्छे फोहोर फाल्ने खाडल निर्माण गरिएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित मेरीगोल्ड बाल क्लबमा आबद्ध बालबालिकाहरुको सक्रियतामा घरैपिच्छे फोहोर फाल्ने खाडल निर्माण गरिएको हो । बाल क्लबमा आबद्ध १८ जना भन्दा बढि बालबालिकाहरुले आ–आफ्नो घरमा फोहोर व्यवस्थापनका लागि खाडल निर्माण गरेका छन् ।

भैरबी गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ । उक्त परियोजनाले बाल क्लबले सञ्चालन गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

परियोजनाका सामाजिक परिचालक कृष्णा विकका अनुसार यस अघि हुने बाल क्लबको बैठकहरुमा बालबालिकाहरुले जथाभावी फोहोर फाल्न नहुने, फोहोर व्यवस्थापनका लागि खाडल निर्माण गर्नुपर्ने लगाएतका विषयमा छलफल गर्ने गरेका थिए ।

 

प्रतिक्रिया