नीति नियम निर्माण तथा परिमार्जन तालिम सुरु

नीति नियम निर्माण तथा परिमार्जन तालिम सुरु

दैलेख : जिल्लाको दुल्लु नगरपालिकामा नीति नियम निर्माण तथा परिमार्जन तालिम सुरु भएको छ । नागरिक समाज संघ संस्थाहरुको नीति नियम निर्माण तथा परिमार्जन सम्बन्धी तीन दिने तालिम सुरु भएको हो । जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना अन्तरगर्त तालिम सञ्चालन भएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना तथा दुल्लु नगरपालिका, यूरोपियन यूनियन, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको सहयोग तथा समन्वयमा तालिम सञ्चालन भएको हो । तालिममा दुल्लु नगरपालिका वडा नं. ३, ४ र ९ बाट सहभागि छन् । आमा समुह तथा संजाल, कृषि समुह, सहकारी, विपद् व्यवस्थापन समितिबाट २२ जनाको सहभागिता रहेको उत्थान परियोजनाका कृषि प्राविधि संगम विस्टले बताइन् ।

 

प्रतिक्रिया