महिलाहरुप्रति सम्मानजनक सामाजिक व्यवहार जरुरी : केन्द्रीय सदस्य राना

महिलाहरुप्रति सम्मानजनक सामाजिक व्यवहार जरुरी : केन्द्रीय सदस्य राना


दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी रानाले महिलाहरुप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएकी छिन् । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै केन्दीय सदस्य रानाले यस्तो बताएकी हुन् ।

केन्द्रीय सदस्य रानाद्धारा सार्वजनिक शुभकामना संदेशमा भनिएको छ ‘सम्पुर्ण नारीहरुप्रती सम्मानजनक सामाजिक व्यवहारका लागि सबैको सकारात्मक साझा धारणा बनोस ।’ लामो समयदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल केन्द्रीय सदस्य रानाले सम्पुर्ण नारीहरुप्रति उच्च सम्मान समेत प्रकट गरेकी छन् ।

‘सामाजिक न्याय र लैंङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारा सहित ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभर विविध कार्यक्रमहरु गरी मनाईँदैछ ।

प्रतिक्रिया