उपचारमा सहयोगको याचना

उपचारमा सहयोगको याचना

दैलेख : महाबु गाउँपालिका–२ की पवित्रा विक गत माघ १८ गतेबाट चर्को ज्वरो आउन सुरु भयो । २३ बर्षीय पवित्रा माघ २३ गतेसम्म ज्वरोले नै थला परिन् । ज्वरो निको पार्न उनले स्थानीय मेडिकलको औषधी सेवा गरिन् । मेडिकलको औषधीले निको भएन् । विस्तारै कम्मर मूनिको भाग चल्नै छोड्यो ।

त्यसपछि दैलेख अस्पतालमा उपचार भयो तर निको भएन् । उनि उपचारकै लागि सुर्खेत तथा नेपालगंजको भेरी अस्पतालमा पनि पुगिन् । ‘नेपालगंजमा भेरी अस्पतालमा डाक्टरहरुले पछाडीको नसा च्यापिएको छ, उपचारपछि निको हुन्छ भन्नुभएको थियो तर औषधी किन्ने समेत पैसा नभएपछि घर फर्किए,’ उनले भनिन् ।

अहिले उनको कम्मर मुनीको भाग चल्दैन् । पवित्रा अहिले न उठ्न सक्छिन् । न बस्न सक्छिन् । उनको कम्मर मूनि पछाडीको भागमा ठूलो घाउ छ । दुवै खुट्टा सुन्निएका छन् । अहिले दैलेख अस्पतालले थप उपचारका लागि सुर्खेत रिफर गरिदिएको छ ।

उनकी आमा शसिकला विक भन्छिन् ‘सुर्खेत पुर्याएर कसरी उपचार गरुँ, औषधी किन्ने पैसा समेत छैन् ।’ शसिकलाले छोरीको उपचारमा सहयोग गरिदिन अपिल समेत गरेकी छन् । ‘मेरो छोरीको उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गर्दछु, उनले भनिन् । पवित्राका दुई सन्तान छन् । उनका श्रीमान सागर सोनी पनि बिरामी भई भारतमा उपचाररत छन् ।

सहयोग गर्न चाहानुहुने व्यक्तित्वहरुले पवित्रा विकको आमा शसिकला विकको सम्पर्क नम्बर ९८२०४००६९९मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया