ओम रिजालको उपन्यास ‘हटारु’ लोकार्पण

ओम रिजालको उपन्यास ‘हटारु’ लोकार्पण

काठमाडौं : ओम रिजालको उपन्यास ‘हटारु’ लोकार्पण भएको छ । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमबीच ‘हटारु’को लोकार्पण गरेका हुन् । उनले ‘हटारु’ कर्णालीको भाषा, सस्कृतिको पहिचान दिने उपन्यास भएको बताए ।

उपन्यासमाथि साहित्यकार हरिहर अधिकारी (श्यामल), समालोचक डा. ज्ञानु अधिकारी, प्रगतिशील लेखक संघका अध्यक्ष मधुसूदन गिरीलगायतले समीक्षा गरेका थिए ।

हटारु’ कर्णाली प्रदेशको लोकजीवन, महिलाको अवस्था र लोकसंस्कृतिमा आधारित छ । साङग्रिला बुक्सले प्रकाशित गरेको उपन्यासले लोक संस्कृतिलाई पुनर्ताजकी गराएको छ ।

लेखक रिजालको यो पहिलो उपन्यास हो । उनका यसअघि अन्य विधाका दुई किताब प्रकाशित भइसकेका छन् । रिजाल नेपाल सरकारका उपसचिव हुन् ।

लोकार्पण कार्यक्रम मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौंका अध्यक्ष प्राध्यापक डाक्टकर जगतप्रसाद उपाध्यायको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रशासनिक क्षेत्रका व्यक्तिहरू, साहित्यकारलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया