एमालेमा फर्किए एकीकृत समाजवादी दैलेखका जिल्ला सचिव

एमालेमा फर्किए एकीकृत समाजवादी दैलेखका जिल्ला सचिव

दैलेख : नेकपा (एकीकृत समाजवादी) दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमालेमा फर्किएका छन्। खड्कालाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीमा स्वागत गरेका छन्।

एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा खड्कालाई एमालेमा स्वागत गरिएको हो। उक्त अवसरमा एमाले नेताहरु नन्दकिशोर बस्नेत, दानबहादुर थापा, चन्द्रा रेग्मी, याम नारायण उपाध्याय, शान्तिप्रसाद शर्मा लगाएको उपस्थिति थियो।

२०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका खड्का एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला सचिव बनेका थिए। वि.स. २०५४ सालमा नेकपा एमालेको तर्फबाट तत्कालीन कट्टी गाविसको उपाध्यक्षमा निर्वाचित भएका खड्का जिल्लाको कम्युनिष्ट आन्दोलनमा सकारात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचन बनाएको छन्।

एमालेमा फर्किएका नेता खड्काले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) को जिल्ला सचिवको रुपमा रहेर काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेका छन्। उनले कम्युनिष्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुद्धृढीकरण र जनताको पक्षमा आफूलाई समर्पित गर्न नेकपा एमालेमै फर्किएको बताए। नेता खड्काले पार्टी विभाजनपछि नेकपा एमाले भन्दा बाहिर रहेएका सबै नेता कार्यकर्तालाई पार्टी एकता र कम्युनिष्ट आन्दोलनका रक्षाको लागि नेकपा एमालेमा गोलबन्द हुन आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया