दैलेखकाे चामुण्डाविन्द्रासैनी नगरमा काँग्रेस एक्लै चुनाव लड्ने

दैलेखकाे चामुण्डाविन्द्रासैनी नगरमा काँग्रेस एक्लै चुनाव लड्ने


दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेस एक्लै चनाव लड्ने भएको छ । सत्ता गठबन्धनका निणर्यमा आपत्ती जनाउँदै नेपाली काँग्रेस चामुण्डाविन्द्रासैनी नगरकार्य समितिले एक्लै चुनावमा जाने निणर्य गरेको हो ।

नगरकार्यसमितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘हालै स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते हुन गईरहेको सन्दर्भमा सत्ता गठबन्धनको केन्द्रीय संयन्त्र र प्रदेश कार्यसमितिको मिति २०७९ बैशाख ११ गते गरेको निर्णयप्रति चामुण्डाविन्द्रासैनी नगरकार्य समिति घोर आपत्ती गर्दछौ ।’ विज्ञप्तीमा चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेस गठबन्धन नमान्ने र एकल चुनावमा भाग लिने उल्लेख छ ।

विज्ञप्तीमा नगर सभापति जगतबहादुर शाही, सचिव जयबहादुर कार्की लगाएतका नेताहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया