सल्यानमा चुनाव प्रचारमा हिँडेका एकजनाको गाडीको छतबाट खसेर

सल्यानमा  चुनाव प्रचारमा हिँडेका एकजनाको गाडीको छतबाट खसेर

सुर्खेत : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनाव प्रचारमा हिँडेको गाडीको छतबाट खसेर सल्यानमा एकजनाको मृत्यु भएको छ । ।

जिल्लाको कालिमाटी गाउँपालिका–२ दानीगौरामा लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खस्दा सोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

छतबाट खसी गम्भीर घाइते भएका मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

गाडीचालक दाङको बबई गाउँपालिका–२ का २८ वर्षीय खुमबहादुर छन्तेल र गाडीलाई नियन्त्रणमा रहेको बताइएको छ । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका भूपेन्द्र घर्ती मगर सहितको टोलीको प्रचारमा हिँडेका थापा जिपको छतबाट लडेका थिए।

प्रतिक्रिया