पुर्व मन्त्री एकनाथ ढकाल आइपुगे सुर्खेत

पुर्व मन्त्री एकनाथ ढकाल आइपुगे सुर्खेत

सुर्खेत : नेपाल परिवार दलका अध्यक्ष एवम पुर्व मन्त्री एकनाथ ढकाल सुर्खेत आइपुगेका छन् ।  पुर्व सहकारी तथा गरीबी निवारण मन्न्री ढकाल आइतबार निर्वाचन कार्यक्रमका सिलसिलामा सुर्खेत आइपुगेका हुन ।

आइतबार बिहान बुद्धयरको विमानबाट सुर्खेत आएका ढकाल सुर्खेतमा रहेका नेता तथा कार्यकर्तासँग चुनावी माहोलका विषयमा कुराकानी गर्ने कार्ययोजना रहेको ढकालकोेको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका कार्यक्रममा सहभागी हुन सुर्खेत आएका ढकालले सुर्खेतको एरिचौकमा हुने कोणसभालाई सम्बोधन कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया