केन्द्रीय सदस्य रानाको वडामा काँग्रेस विजयी

केन्द्रीय सदस्य रानाको वडामा काँग्रेस विजयी

दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी रानाको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । दैलेखको भैरबी गाउँपालिका–२ मा नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार मिनबहादुर थापा सहित प्यानल नै विजयी भएका हो । उनले ५ सय ११ मत प्राप्त गरेका छन् । थापाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई पराजित गरेका हुन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार बिमला कुमारी थापाले २९६ मत प्राप्त गरिन् ।

प्रतिक्रिया