चामुण्डाविन्द्रासैनी नगरपालिका ९ मा एमालेको प्यानल नै विजयी

चामुण्डाविन्द्रासैनी नगरपालिका ९ मा एमालेको प्यानल नै विजयी

 

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ९ मा नेकपा एमालेका उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेको प्रेमबहादुर रावल सहित चारै जना वडा सदस्य विजयी भएका हुन् ।

एमालेका रावल ४०६ मत सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव बहादुर खड्काले ३११ मत प्राप्त गरेका छन् । यो वडामा एमालेले वडाध्यक्ष सहित चारै जना वडा सदस्यहरुमा जीत हात पारेको हो ।

प्रतिक्रिया