मतदाता भेट्न दार्माका निर्वाचित जनप्रतिनिधि टोलटोलमा

मतदाता भेट्न दार्माका निर्वाचित जनप्रतिनिधि  टोलटोलमा

सुर्खेत :  वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निम बहादुर केसी लगाएतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबार बाट मतदातालाई भेटघाटको कार्यक्रम तय गरेको अध्यक्ष केसीले बताए ।

शनिवार वडा नम्वर २ को ओजाबाङ , पाथिखोला, कौछे, लिगा र वडा नम्बर ४ को रातामाटा, गलात, सउखालि,नकालगाउ,सिङ्गारीकोट, रामिडाडा, पुखात लगाएतका स्थानमा गएर मतदाताहरुसँग भेटघाट गरेको अध्यक्ष केसीले बताए । भेट्का क्रममा अध्यक्षले निर्वाचित भई सकेपछि आफु पार्टीको नभएर समग्र दर्मालि जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दावी गरे ।

दार्माको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरिय विकासका लागि काम गर्ने छ,’उनले भने, दार्मा सल्यान जिल्लाकै बिकट बस्ति भएकाले विकासमा पछाडि परेको छ। स्थानीय सरकार भए पछी दार्माले अबको ५ बर्षमा दार्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आफ्नो टिम लाग्नेछ ।’

पाँच बर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध दार्मा बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फ़ेरि निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ ।

दार्मामा शिक्षा,स्वस्थ्य, यातायात,खानेपानी रोजगारका विषय लाइ पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको छ ।

प्रतिक्रिया