सल्यानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

सल्यानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

सल्यान : जिल्लाको त्रिवेणी गाउँपालिका ४ फलावाङमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वयमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा बाख्रा, कुखुरा,भैसीलाई निःशुल्क उपचार गरिनुका साथै औषधी समेत वितरण गरिएको थियो । शिविरमा एकसय ७५ कृषकका एकहजार नौसय ८० बाख्रा, एकहजार ३० कुखुरा, १५० भैसीलाई निःशुल्क औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।

शिविरमा विशेषज्ञ सेवा सहित उपचार, बाख्रामा डिपिङ्ग ड्रेचिङ, पशु बन्ध्याकरण, निशूलक रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको उनको भनाई छ ।

२७ कुकुरमा निशुल्क रेविज विरुद्धको खोप लगाइएको रावतले बताए । त्रिवेणी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष खिम बहादुर रावतले पहिलो सेवाग्राहीलाई औषधी प्रदान गरेर शिविरको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया