बस दुर्घटनामा मृत्यु भएका परिवारलाई बिमा रकम हस्तान्तरण

बस दुर्घटनामा मृत्यु भएका परिवारलाई बिमा रकम हस्तान्तरण

सुर्खेत : गत २६ असोजमा बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ।

नेपालगञ्जबाट मुगु जादै गरेको यात्रुवाहक बस गत २६ असोजमा पिनाको तपने खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो ।

बस दुर्घटना भएको झन्डै नौ महिनापछि रारा छायानाथ यातायत प्रालिले बिमा गरी लुम्बिनी इन्स्योरेन्सबाट निकासा गरी बिमाबापतको रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।

ज्यान गुमाएका परिवारलाई सबै गरी एक करोड ६५ लाख बराबरको रकम मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

मृतकका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ५० हजार प्रदेश सरकारले पनि एक लाख रुपैयाँ उपलब्ध गराएको थियो। दुर्घटनामा परेका घाइते बिरामीलाई हवाई उद्धार भाडा रकम र जिल्ला अस्पतालमा उपचारबापतको रकम सरकारले अहिलेसम्म प्रदान नगर्दा समस्या उत्पन्न भएको प्रजिअ महतले बताए ।

प्रतिक्रिया