घण्टाघर मर्मतका लागि हामी तयार छौँ : अध्यक्ष कडेंल

घण्टाघर मर्मतका लागि हामी तयार छौँ : अध्यक्ष कडेंल

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई नघुमेको १० वर्ष भयो । अहिले पनि उस्तै छ । घुमेको छैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समय मात्र देखाउँछन ।

घण्टाघरको विषयमा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले घण्टाघरको घडीप्रति सुर्खेत उद्योग बाणिज्यको ध्यानाकर्षण भएको बताएका छन् । लामो समयदेखि बन्द भएको घण्टाघरको घडी र घण्टा घरको विषयमा कुरा उठ्दा आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक संजाल फेस्बुकमा स्टाटस राख्दै घण्टाघरको विषयमा धेरै कुरा आइरहेको तर्फ आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘घण्टाघरको घडी चल्ने (सिस्टम घडि, सोलार तथा साउण्ड) बारे सुर्खेमामा कोहि जानकार हुनुहुन्छ भने यकपटक त्यसको अध्यन गर्न हातेमालो गर्न अनुरोध छ । घण्टाघर मर्मतको लागी हामी तयार छौ ।’

प्रतिक्रिया