नयाँ शैक्षिक सत्र सुरु तीन हप्ता वितिसक्दा पनि कर्णालीमा पुस्तक पुगेन

नयाँ शैक्षिक सत्र सुरु तीन हप्ता वितिसक्दा पनि कर्णालीमा पुस्तक पुगेन

सुर्खेत : नयाँ शैक्षिक सत्र सुरु तीन हप्ता बितिसक्दासमेत कर्णालीका केही विद्यालयहरुमा पुग्नु पर्ने पाठ्यपुस्तक पुगेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु हुदा पनि विद्यार्थीलाइ सुरु नभएजस्तै लागेको छ । विद्यार्थी उत्साहित देखिदैनन् । यहाँका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरुले अझै पुस्तक पाउँन सकेका छैनन् ।

जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको छ । कर्णाली प्रदेशका जिल्लाहरुमा समयमै पर्याप्त पाठ्यपुस्तक नपु¥याउँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित बन्दै गएको छ ।

शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् भने केही विद्यालयमा पुराना पाठ्यपुस्कबाट पढाउँनु पर्ने वाध्यता रहेको छ । पुस्तक ढुवानी प्रभावित बनेपछि विद्यार्थीहरुले नयाँ किताब पाएर पढ्ने रहर कहिले पूरा हुने हो भन्ने अझै निश्चित भएको छैन् ।

आवश्यक पुस्तक सुर्खेतको गोदाममै थन्किए

कर्णालीका नौं जिल्लामा आंशिक रुपमा पाठ्यपुस्तक पुगेपनि मुगुमा हालसम्म पुस्तक ढुवानी भएको छैन् । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक सुर्खेतको गोदाममै थन्किएका छन् ।

मुगुका लागि २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ । तर, खरिद प्रक्रियामा मुुगुका सबै स्थानीय तह र विद्यालयहरुले कुनै चासो दिएका छैनन् । प्रदेशका हिमाली जिल्लाहरुमा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नहुनु सरोकारवाला निकायले लापरवाही गरेको शिक्षकहरुको गुनासो छ ।

जनक शिक्षा सामग्री केन्द्र सुर्खेतले कक्षा ५, ८ र १० कक्षाको आधा पुस्तक कर्णालीमा नआएको र पूरै सेट पुस्तक नहुँदा विद्यार्थीहरुको पढाइ थप प्रभावित बनेको जनाएको छ । जनक शिक्षा सामाग्री केन्द्र प्रादेशीक कार्यालय, सुर्खेतका प्रमुख धनबहादुर केसीले स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताए ।

पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गरेको केही समय ढिलो भएको हो,उनले भने, ‘कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट पाठ्यपुस्तक ढुवानी भइरहेको छ ।’

सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पाठ्यपुस्तक पठाइएको छ । कालीकोटमा तीन हजार, दैलेखमा चार हजार पाँच सय, जाजरकोट र सुर्खेतमा चाररचार हजार तथा जुम्लामा दुई हजार पाँचसय सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउने बित्तिकै पठाउँने तयारी रहेको छ ।’

 

प्रतिक्रिया