रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू

रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू

काठमाण्डौ : रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सिस्ने गाउँपालिका–४ दादीङमा हिजो बेलुका रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए ।

उहाँका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको रुकुम (पूर्व) कै अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया