चामुण्डावीन्दासैनीद्धारा मजुवा खानेपानीको विस्तार कार्यलाई तिव्रता

चामुण्डावीन्दासैनीद्धारा मजुवा खानेपानीको विस्तार कार्यलाई तिव्रता

दैलेख : जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकाले मजुवा खानेपानीको विस्तार कार्यलाई तिव्रता दिइएको छ । चामुण्डावीन्दासैनी नगरपालिकाबासीलाई घरघरमा खानेपानी पु¥याउन नगरपालिकाले विस्तार कार्यलाई तिव्रता दिएको हो ।

भैरवी गाउँपालिका वडा नं. ७ को मजुवा देखी चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं.९ को डौसुरसम्म करिव ३६ किलोमिटर दुरी रहेको मजुवा खानेपानी प्रत्येक नगरवासीलाई खुवाउने लक्ष रहेको छ ।

चामुण्डा विन्द्रासैनी नगरपालिका को वडा नं.५ को कार्की डाँडामा खानेपानी ट्याङ्कीको आज नगर प्रमुख गणेश कुमार शाहीले एक कार्यक्रमका विच सिलान्यास गरेका छन् । कार्की डाँडामा ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुन लागेको छ ।

यो ट्याङ्कीको निर्माण कार्य असार मसान्तसम्म सक्ने गरी कामलाई रप्तारका साथ संचालन गर्नको लागि उपभोक्ता समितिलाई नगर प्रमुख शाहीले निर्देशन दिएका छन् ।

नगर प्रमुख शाहीले सम्पूर्ण नगरवासीले स्वच्छ खानेपानी खान पाउन भन्ने उद्येश्यका साथ मजुवा देखी वडा नं.९ को डौसुरसम्म प्रत्येक नागरिकका घरमा खानेपानीका धारा जोड्ने प्रमुख लक्ष्य रहेको बताए । प्रमुख शाहीले विकासे काममा कुनै पनि गलत सम्झौता नगरिने र गलत गर्नेलाई छुटकारा पनि नदिने बताए ।

नगर प्रमुख शाहीले आफ्नो कार्यकालमा खानेपानी ,स्वास्थ्य, शिक्षा र सडकलाई प्राथमिकतामा राखेर कामलाई अगाडि बढाउने लक्ष लिएको बताए । सिलान्यास कार्यक्रममा मजुवा खानेपानी उपभोक्ता समितिले कामलाई जनशक्ति धेरै लगाएर भए पनि काम सम्झौता भएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । यो ट्याङ्की निर्माण भए संगै प्रत्येक घरमा २ सय लिटरका दरले ५ सय घरपरिवारलाई उपलब्ध हुने कुरा नगरले विश्वास लिएको छ ।

प्रतिक्रिया