जिसस सल्यानको निर्वाचन जेठ २९ गते हुने

जिसस सल्यानको निर्वाचन जेठ २९ गते हुने

सल्यान : जिल्ला समन्वय समिति सल्यानको निर्वाचन आगामी जेठ २९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जेठ २९ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले २९ गते हुने निर्वाचनका लागि २४ गते मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारी मनोनयन , २७ गते निर्वाचन चिन्ह प्रदान गरिने बताए ।

सल्यान जिल्ला समन्वयको प्रमुख र उपप्रमुख गरी ९ सिटका लागि निर्वाचन हुँदै छ । जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।

सल्यानका १० स्थानीय तह मध्ये नेपाली काँग्रेसले पाँच पालिकाको प्रमुख अध्यक्ष सहित ३ उपप्रमुख उपाध्यक्ष जितेको छ । काँग्रेसले बागचौर, शारदा नगरपालिका, कुमाख, त्रिवेणी र सिद्ध कुमाख गाउँपालिकामा प्रमुख, अध्यक्ष गरी पाँच जितेको छ भने शारदा, बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकामा उपप्रमुख, उपाध्यक्ष गरी ३ जितेको छ ।

यस्तै, माओवादीले बनगाड कुपिण्डे नगरपालिकामा प्रमुख र दार्मा गाउँपालिका अध्यक्ष जितेको छ भने बागचौर नगरपालिकामा उपप्रमुख, सिद्ध कुमाख र कपुरकोट, दार्मामा उपाध्यक्ष जित हात पारेको छ ।

नेकपा एमालेले कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितको छ भने कुमाख गाउँपालिकामा उपाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादीले कपुरकोट गाउँपालिकामा अध्यक्ष जितेको छ ।

१० स्थानीय तहका निर्वाचित प्रमुख उपप्रमुख गरी २० मतदाता रहेका छन् । जसमा काँग्रेस ८, माओवादी ६, एमाले ५ र समाजवादी १ रहेका छन् ।

प्रतिक्रिया