सुर्खेती आकाशमा प्याराग्लाइडिङ बढ्दो आर्कषण, उड्ने भन्दा हेर्नेको मन चंगा

सुर्खेती आकाशमा प्याराग्लाइडिङ बढ्दो आर्कषण, उड्ने भन्दा हेर्नेको मन चंगा

सुर्खेत : दिउँसोको प्रचण्ड गर्मी । सहरको कोलाहल वातावरणबाट केही समय सुनसान ठाउँमा बस्ने सल्लाह पश्चात् वीरेन्द्रनगरबाट आधि घण्टा उकालो चढ्ने निधो भयो । दिउँसोको प्रचण्ड गर्मीसँगै तातो शिरशिरे बतासले टाउकाको रौँ बेस्मारी भुत्लयाउदै हाम्रो यात्रा निरन्तर अघि बढ्यो । केही समय भएपनि सहरको कोलाहल वातावरणबाट सुनसान ठाउँमा जादा मन यसै फुरुङ्ग थियो ।

प्रचण्ड गर्मीको तातो शिरशिरे बतासमा करिब आधा घण्टाको यात्रा तय गर्दै नेपालको दोस्रो नगरकोट गोठिकाँडा पुगेर रोकियो । जहाँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भ्याली आँखाका परेलीले सबै ठाउँ निहाल्न सकिन्छ । शिरशिरे बतासले टाउकाको रौँ भेस्मारी भुत्लयाइ रहेको थियो । बतासले त्यसरी रौँ भुत्लयाउदा लाग्थ्यो आकाशमा उडिरहेका छौँ । आँखा यता उती डुलिरहेका थिए । दुइजना मोटा मोटा, एकजना केही मसिनो झोला बोकेर डाडातिर उक्ले । त्यो दृश्य आँखाले कैद गरिरहेको थियो । उनीहरुले झोला खोल्नेबित्तिकै वरिपरि मान्छे झुम्मिए । दुइवटा ठुलो झोलामा प्याराग्लाइडिङ झिक्दै बतासको बेग्र प्रतिक्षामा थिए । एकैछिनमा पोखराका सानु बाबु सुनुवारले प्याराग्लाइडिङ तयार पारे । हातको डोरी मात्र के हल्लाएका थिए । प्याराग्लाइङि सतहबाट माथि उठ्यो । अनि एकैछिनमा मदन र सुर्खेतका सियाना पौडेल माथि आकाशमा पुगे । धर्ती छोडेर आकाशमा उड्नेहरु उडिरहेकै थिए ।

आकाशमा उड्नेहरुभन्दा धर्तीमा बसेकाहरुको मन चङ्गा झै उडेको थियो । जमिनमा बसेकाको मन उडे पनि शरिर भने भुइमै थियो । त्यसपछि अर्को प्याराग्लाइडिङ्ग पनि एकजना यात्री लिएर चराले पखेटा फिजाएझै आकाशमा उडे । जब दुबैजना अघि पछि जमिन छोड्दै आकाशमा पुगे भुइमा बस्नेको मन पनि चङ्गा भएको थियो । मुटु चिसो र मन खुशिले चङ्गा भएको थियो ।

उनिहरू  २० देखि ४० मिनेटसम्म आकाशमा रहे । भुइमा बसेकाहरु प्नि उड्नलाई प्वाख फिजाउदै थिए । तर उनीहरु उड्न सेकेका भने थिएनन् । त्यो दृश्य थियो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ स्थित गोठिकाँडा बयलकाडामा प्याराग्लाइडिङ परिक्षण सुरु गर्दा उडाइएको । अहिले पनि आकाशमा उड्नेहरुका लागि प्याराग्लाइडिङ तयारी अवस्थामा उड्नलाई पर्खेर बसेका हुन्छन् । हावाको बेगसँगै पाइलटद्धारा दिशा निर्देश गर्ने प्याराग्लाइडिङ आकाशमा चरा उडेजस्तै माथिसम्म उडे । उनीहरु चराजस्तै माथि उडे । हावाको वेगसँगै नजरबाट केही पर पर हुँदै टाढासम्म पुग्यो । भुइबाट हेर्नेहरु भुइमै यत्रतत्र छरिएर आँखाका डिलमाथि हात राख्दै हेर्दै थिए ।

प्याराग्लाइडिङको मज्जा लिन पोखरा धाउनु पर्ने बाध्यताको अन्त्य गर्न सोमबार देखि पुन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै सञ्चालनमा आएको छ । निजी क्षेत्रले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले प्याराग्लाइडिङ सेवालाइ नियमित गर्ने गृहकार्य थालेको हो ।

प्याराग्लाइडिङको पछिल्लो दुइ महिनादेखि परिक्षणकालमा रहेको प्याराग्लाइडिङमा पछिल्लो समय आर्कषण बढ्दै गएको छ । सुर्खेत, दैलेख, नेपालगन्ज, कोहलपुर कैलालीबाट प्याराग्लाइडिङको आनन्द लिन यहाँ आउने गर्छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियत सहितको सेवालाइ निरन्तरता दिन लागिएको छ । माघमा सञ्चालनको अनुमती पाएको वेलकम प्याराग्लाइडिङ प्रा.लि.ले केही समय प्राबिधिक कारणले रोकिए पनि सोमबारदेखि पुन सञ्चालन आएको छ । वीरेन्द्रनगर वडा न १४ को गढीदेखी वीरेन्द्रनगरको वडा नम्बर १ को देउती थानसम्म उडान गर्ने अनुमति पाएको छ ।

निजि पर्यटन कम्पनी  वेलकमले टिकट बुकिङ खुला गरेको घोषणा गरेको छ । कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमण गर्न सकिने छ । हाल प्रा.लिले २०७९ असार सम्म बिशेष अफरहरु समेत उपलब्ध गराएको सञ्चालक सानु बाबु सुनुवारले बताए ।

प्रतिक्रिया