बाबु जेलमा, आमाको निधन हुँदा ४ बच्चाको बिचल्ली

बाबु जेलमा, आमाको निधन हुँदा ४ बच्चाको बिचल्ली

सुर्खेत : कालिकोटको नरहरिनाथ गाउँपालिका -९ भाट्गाउँकि २५ बर्षिय रामपुरा बुढा (बोहरा) को असार २ गते अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भयो । अहिले उनका चारवटा छोराछोरी बिचल्लीमा छन् ।

पहिले आमाको साहरामा हुर्किरहेका बालबालिका असार २ गते राती एक्कासी बिरामी भई उपचारको लागि कालिकोट जिल्ला अस्पताल लैजादै गर्दा खुलालु कालेखोमा मृत्यु हुँदा अहिले बिचल्ली भएको छ । उनका १२ बर्षिय छोरी बिना बोहरा, १० बर्षकि छोरी ममता बोहरा ८ बर्षको छोरा विशाल बोहरा र ६ बर्षको छोरा प्रविन बोहरा अहिले साराको खोजीमा छन् ।

बाबू ३७ बर्षका दुर्ग बहादुर बोहरा (दोभान) करिब २ बर्ष अघि हात हतियार निर्माण को मुद्दामा पक्राउ परेर जिल्ला काराघरमा छन् । बाबू काराघार आमाको असामयीक निधनले यी बालबालिकाको अवस्था नाजुक भएको नरहरीनाथ गाउँपालिका -९ का वडाअध्यक्ष
प्रदिप बोहराले बताए ।

बालबालिकाले आमा र बाबुको अभावको महसुस मात्र होइन आमा बाबुको खोजी गरिरहेका छन,’ उनले भने, ‘अहिले घरमा कोहि पनि अभिभावक छैनन आफन्तले अहिले साथ दिरहेका छन । तर आफन्तले अहिले साथ दिएपनी यी बालबालिकाको अवस्था संकटमा रहेको छ । १२ बर्षिया छोरी बिना अहिले दाङ बालगृह संरक्षणमा छन।’

प्रतिक्रिया