रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको मृत्यु

          |   प्रकाशित मितिः सोमवार, असार ६, २०७९     ::: 72 पटक पढिएको   |  

रुकुम पश्चिम : रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

अस्मिता आइतवार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् ।

त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनको परिवारले जनाएको छ ।



Leave a comment

Your email address will not be published.


*